मिर्गौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान

म्याग्दी : मिर्गौलाका बिरामीका लागि आर्थिक सहयोग अभियान थालिएको छ। दुवै मिर्गौलाले काम गर्न नसकेपछि थलिएका मंगला गाउँपालिका–५ नेटाका १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि रकम जुटाउन अभियान शुरु गरिएको हो।
बेनीको माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १२ मा अध्ययनरत छन्त्यालको काठमाडौंस्थित शिक्षण अस्पतालका चिकित्सक डा. कमल लामिछानेको निगरानीमा उपचार भइरहेको छ। आर्थिक अवस्था कमजोर भएकाले उपचार गराउन नसकेपछि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान थालेको हो।
सुरेशकी आमा सीताले छोराको जीवन बचाइदिन अपिल गरिन्। उपचारका लागि २५ लाखदेखि ३० लाख रुपैयाँ आवश्यक पर्ने उनले बताइन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा