जनस्वास्थ्य विधेयक–२०७५ स्वीकृत

काठमाडौं : जनस्वास्थ्य विधेयक–२०७५ सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधिसभा बैठकमा विधेयक सर्वसम्मत स्वीकृत भएको छ।
उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो विधेयक बैठकमा पेश गरेका हुन्।
विधेयकको सैद्धान्तिक छलफलमाथि भाग लिँदै पूर्वस्वास्थ्यमन्त्री एवं सांसद खगराज अधिकारीले विशिष्ट व्यक्ति देश बाहिर उपचार गर्न जाँदा आफ्नै खर्चले जाने व्यवस्था गर्नुपर्ने बताए।
सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय जनस्वास्थ्य नीति बनाउन, स्वास्थ्य बीमा र आकस्मिक स्वास्थ्य कोषलाई विधेयकमा प्रभावकारी बनाइएको तर्क गरे ।
सांसद शेरबहादुर तामाङले अधिकांश जिल्ला अस्पतलामा विशेषज्ञ चिकित्सक पुर्याउन नसकिएको अवस्थामा ऐनले ढोका खुला गराएको बताए।
पूर्वस्वास्थ्यमन्त्री एवं सांसद गगनकुमार थापाले स्वास्थ्य सेवामा पहुँच मात्र नभई गुणस्तरमा ध्यान दिन, जनस्वास्थ्यमैत्री वातावरण बनाउन, उपचारको प्रोटोकल सबै रोगमा पुर्याउन र विशेष सेवामा साझेदारी कार्यक्रम ल्याउने गरी विधेयक आउनुपर्ने बताए।
सांसद प्रेम सुवालले वीर अस्पतालस्थित उच्च पदाधिकारी उपचार कक्षकाे अाैचित्यबारे प्रश्न गरे। उनले निःशुल्क वितरण गरिने औषधि गुणस्तरयुक्त हुनुपर्ने सुझाव दिए।
छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उपप्रधानमन्त्री यादवले जनताको जीवन र आयुलाई लामो बनाउन सरकार र समुदायको महत्त्वपूर्ण भूमिका हुने बताए। उनले निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विधेयक आएको जानकारी दिए।
नेपालकाे संविधान–२०७२ मा ‘प्रत्येक जनतालाई आधारभूत स्वास्थ्य सेवाको हक हुनेछ’ भन्ने व्यवस्था गरिएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा