जिल्ला अस्पतालमा विशेषज्ञ नहुँदा बिरामी भारत जान बाध्य
बैतडी : जिल्ला अस्पतालमा विशेषज्ञ नहुँदा बिरामी उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन्। सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाटले बताए।
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी नै छैन। अन्य दरबन्दीका चिकित्सकसमेत जिल्लामा बस्दैनन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगदीशचन्द्र बिष्टका अनुसार जिल्लामा नवौँ तहको एक तथा आठौँ तहको दुई चिकित्सक दरबन्दी छ। अहिले आठौँ तहको एक चिकित्सक मात्र कार्यरत छन्।
स्वास्थ्य सेवा विभागले छात्रवृत्ति पाएका करार सेवाका चिकित्सक दुर्गमका अस्पतालमा पठाउन नसकेको उनले बताए। सेती अञ्चल अस्पताल धनगढी र उपक्षेत्रीय अस्पताल डडेल्धुरा टाढा भएका कारण बिरामी अधिकांश भारतको पिथौरागढ जाने गरेका छन् ।
जिल्ला अस्पतालमा ६ वर्षदेखि सञ्चालनमा रहेको जटिलतायुक्त प्रसुति सेवा ६ महिनादेखि बन्द छ। अहिले गर्भवती महिला सुत्केरी गराउनसमेत भारतीय अस्पताल जाने गरेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’