जिल्ला अस्पतालमा विशेषज्ञ नहुँदा बिरामी भारत जान बाध्य

बैतडी : जिल्ला अस्पतालमा विशेषज्ञ नहुँदा बिरामी उपचारका लागि भारतका निजी अस्पताल धाउन बाध्य छन्। सामान्य शल्यक्रियाका लागि समेत बिरामी भारतीय अस्पताल जानुपर्ने अवस्था रहेको दोगडाकेदार गाउँपालिका–२ बडियाका वीरबहादुर भाटले बताए।
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी नै छैन। अन्य दरबन्दीका चिकित्सकसमेत जिल्लामा बस्दैनन्। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. जगदीशचन्द्र बिष्टका अनुसार जिल्लामा नवौँ तहको एक तथा आठौँ तहको दुई चिकित्सक दरबन्दी छ। अहिले आठौँ तहको एक चिकित्सक मात्र कार्यरत छन्।
स्वास्थ्य सेवा विभागले छात्रवृत्ति पाएका करार सेवाका चिकित्सक दुर्गमका अस्पतालमा पठाउन नसकेको उनले बताए। सेती अञ्चल अस्पताल धनगढी र उपक्षेत्रीय अस्पताल डडेल्धुरा टाढा भएका कारण बिरामी अधिकांश भारतको पिथौरागढ जाने गरेका छन् ।
जिल्ला अस्पतालमा ६ वर्षदेखि सञ्चालनमा रहेको जटिलतायुक्त प्रसुति सेवा ६ महिनादेखि बन्द छ। अहिले गर्भवती महिला सुत्केरी गराउनसमेत भारतीय अस्पताल जाने गरेका छन्।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा