Health TV Online
Health TV Online
Health TV Online

बिमा गराउने थाेरै, उपचार गराउने धेरै

बिमा गराउने थाेरै, उपचार गराउने धेरै

चितवन : सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा बिमा गर्नेभन्दा बिमाबाट उपचार गराउनेको संख्या  धेरै देखिएको छ। बाहिरी जिल्लामा बिमा गराएर यहाँ उपचार गराउने आउने भएकाले संख्या बढी देखिएको हो।

जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार रहेकाे स्वास्थ्य बिमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईले बताइन्। तर बिमा मार्फत उपचार गराएर माग दाबी गर्नेको संख्या एक लाख ८९ हजार ९९४ पुगेको उनकाे भनाइ छ।

जिल्लामा बिमा गराउनेमध्ये सबैको माग दाबी छैन। अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्लाबाहिरबाट चितवनमा उपचार गराउन आउनेको संख्या बढी देखिएको छ।

नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन्। कार्यालयकाअनुसार जिल्लामा सबैभन्दा बढी बिमा माग दाबी गर्ने चितवन मेडिकल कलेज  छ।

पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बिमा गर्ने बिरामी  नजाने गरेकाे देखिएको छ। सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बिमा माग दाबी गरेको छैन।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना