Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालमा सुविधासम्पन्न एनअार्इसीयू

भरतपुर अस्पतालमा सुविधासम्पन्न एनअार्इसीयू

चितवन : भरतपुर अस्पताल नवजात शिशुको उपचारका लागि उत्कृष्ट बन्दै गएको छ। यो अस्पताल शिशुका लागि कान्ति बाल अस्पताल र प्रसूति अस्पतालपछिको सरकारी स्तरको व्यवस्थित अस्पताल बनेकाे हो।

नवजात शिशुको जीवनरक्षाका लागि अत्यन्त आवश्यक पर्ने एनआर्इसीयूको राम्रो व्यवस्था भएपछि भरतपुर अस्पतालमा सुत्केरी हुने आमाको संख्यामा पनि निकै वृद्धि भएको छ। यसका साथै जटिलताका कारण अन्य अस्पताल रिफर हुने क्रम पनि रोकिएको अस्पतालले जनाएको छ।

नवजात शिशुुमा विभिन्न कारणले श्वासप्रश्वासमा समस्या हुने, समय अगावै जन्मिदा तौल कम भई गाह्रो हुने, निमोनिया हुने लगायतका समस्या देखा पर्न सक्छन । त्यस्तो अवस्थामा बच्चालाई एनआर्इसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ। साढे २ वर्ष अघि शुरु भएको एनआर्इसीयूमा हालसम्म ११ सय नवजात शिशुकाे उपचार भइसकेकाे छ।

भरतपुर अस्पतालमा सुत्केरी हुने, आमाको संख्यामा वृद्धि भएसँगै एनआर्इसीयूमा शय्यासमेत थपिएको छ। अाठ वटा बेडले नपुगेर हाल १२ वटा बनाइएको छ। अझै पनि बेड कम भइरहेको बताउँछन्, बालरोग एवं नवजात शिशु तथा अति सघन उपचार कक्ष विशेषज्ञ डा.ओम कृष्ण पाठक। ‘हामीकहाँ लेबल ३ को १२ बेडको एनआर्इसीयू बाहेक १४ बेडको लेबल १ को एनआर्इसीयू पनि बनाइएको छ, जहाँ बच्चामा केही सुधार आएपछि आमासँगै राखिन्छ’, उनले भने।

नवजात शिशुसम्बन्धी विशेष ‘फेलोसिप’ गरेका बालरोग विशेषज्ञ डा.पाठक ले नवजात शिशुलाई बचाउन एनआर्इसीयू शुरु भएदेखि सजिलो भएको बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा