आयुर्वेदिक उपचार गराउने बढे

झापा : आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्या बढेको छ। विशेषगरी नसर्ने रोगका बिरामी आयुर्वेद उपचार पद्धतिप्रति आकर्षित भएका हुन्।
आव २०७४\७५ मा ४१ हजार ४५ बिरामीले आयुर्वेद स्वास्थ्य संस्थाबाट सेवा लिएका छन्। आव २०७३\७४ मा ३० हजार ४८२ जनाले मात्र सेवा लिएका थिए।
जिल्लाका सात आयुर्वेद औषधालयले बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. केनिन राईले बताए।
गत आवदेखि पञ्चकर्म, क्षारसूत्र, फिजियोथेरापी, अकुपञ्चर सेवा प्रदान गरिँदै आएको छ। उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मुटुरोग, मिर्गौला रोगीलगायतले आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउँदै आएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु