सर्पदंशले एक सय भन्दा बढी बिरामी

राजविराज : गर्मीसँगै वर्षाका कारण सप्तरीमा सर्पदंशका घटना बढेकाे छ। पछिल्लोपटक सर्पको डसाइबाट सप्तरीको विभिन्न नगरपालिका र गाउँपालिकामा एक सय जनाभन्दा बढी प्रभावित भएका छन्।
वर्षासँगै खोलानाला र नदीमा पानी बढेपछि सर्प बस्ने ठाउँ नभएको तथा बाढी पहिरोसँगै पहाडी जिल्लाबाट बगेर आएका कारण पनि जिल्लामा अहिले सर्पको बिगबिगी भएको सर्वसाधारणको भनाइ छ।
वर्षापछि जिल्लाको शहरी तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने स्थानीयवासी सर्पको डसाइमा परेका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने क्रम बढेको अस्पतालले जनाएको छ।
अस्पतालमा अहिले दैनिक १० देखि १५ जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख चुमनलाल दासले बताए।
जिल्लामा गोमन, हरहारा, ढोरियालगायत विषालु सर्पकाे अातंक रहेकाे सर्वसाधारण बताउँछन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु