‘असल नियतले उपचार गर्नेहरू डराउनु पर्दैन’
काठमाडौं : कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पेशागत मर्यादा राखेर काम गर्ने चिकित्सक नयाँ ऐनदेखि भयभित हुनुनपर्ने बताएका छन्।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री ढकालले चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए मात्र कानुनको भागीदार हुनुपर्ने बताएका हुन्।
‘बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेलामा पार्ने चिकित्सक मात्र कानूनको कठघरमा पुग्नेछन्’, उनले भने।
असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी झमेला व्यहोर्नु नपर्ने पनि उनले प्रष्ट पारे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण