‘असल नियतले उपचार गर्नेहरू डराउनु पर्दैन’

काठमाडौं : कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकालले पेशागत मर्यादा राखेर काम गर्ने चिकित्सक नयाँ ऐनदेखि भयभित हुनुनपर्ने बताएका छन्।
रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री ढकालले चिकित्सकले बिरामीमाथि खेलबाड गरेको प्रमाणित भए मात्र कानुनको भागीदार हुनुपर्ने बताएका हुन्।
‘बिरामीको उपचार गर्दा असल मनसाय नराख्ने, अनावश्यक दुःख दिने र लोभलालचमा फसेर बिमारीलाई पटकपटक झमेलामा पार्ने चिकित्सक मात्र कानूनको कठघरमा पुग्नेछन्’, उनले भने।
असल नियत राखेर उपचार गर्दागर्दै बिरामीको मृत्यु भए चिकित्सकले कानूनी झमेला व्यहोर्नु नपर्ने पनि उनले प्रष्ट पारे।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा