मिसावटयुक्त अाैषधि दिएर बिरामीकाे शरीरमा क्षति पुर्याए १० वर्ष कैद

काठमाडौं : अाैषधिमा मिसावट गरी बिरामीकाे शरीरमा क्षति पुगे कसुरदार व्यक्तिलार्इ १० वर्षसम्म कैद हुने भएकाे छ। शुक्रबारदेखि लागू हुन लागेकाे मुलुकी अपराध (संहिता) ऐन २०७४ मा संहिताको दफा २३५मा औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने उल्लेख छ।
दफा १ मा भनिएको छ, ‘कसैले जानीजानी औषधिको असर शून्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरी मिसावट भएको औषधि वा अन्य कुनै वस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनै व्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन हुँदैन।’
उपदफा २ काे (क) मा त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह हुने, (ख) मा त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्नेगरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यान मार्ने उद्योग गरे सरह हुने र (ग)मा त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अंगभंग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने बताइएकाे छ।
(घ) मा (क),(ख)र (ग) को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ।
यस्तै जोखिमपूर्ण औषधि बिक्री वितरण गरे दुई वर्ष कैद हुने भएको छ। संहिताले कानुनी रूपमा इजाजत लिएकाबाहेकले औषधि बिक्री वितरण गर्नुलाई अपराध मानेको छ।
दफा २३४ को उपदफा१ मा भनिएको छ, àकानून बमोजिम औषधि बिक्री वितरण गर्न पाउने व्यक्तिले इलाज गर्न पाउने इजाजत प्राप्त व्यक्तिको सिफारिस विना कसैलाई मानव शरीरमा गम्भीर असर हुने कुनै लागूऔषध, विषादी वा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न हुँदैन।’
उपदफा २ माथि उल्लिखित बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने बताइएको छ।
नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइँदै
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा