इटहरी र उदयपुरमा सुस्वास्थ क्याम्प
काठमाडाैं : काठमाडौंस्थित सुस्वास्थ अस्पतालले सुस्वास्थ हेल्थ क्याम्प गरेको छ।
सुनसरीको इटहरीस्थित खप्तडी बस्नेत युवा समाज पूर्वाञ्चलले इटहरीमा आयोजना गरेको हेल्थ क्याम्प तीन दिन चलेको थियो।
यसैगरी उदयपुरको बेलका नगरपालिकामा आयोजित तीनदिने हेल्थ क्याम्पमा सुस्वास्थ अस्पतालबाट गएका चिकित्सक सहितको टोलीले सेवा प्रदान गरेको थियो। दुवै स्थानमा सात सय भन्दा बढी बिरामीले सेवा लिए ।
सेवा लिन आउनेमा घुँडा खिइएका, पिनासको समस्या भएका, ढाड दुख्ने समस्या भएका बिरामी धेरै थिए। अस्पतालले फिजियोथेरापी, अकुपञ्चर मसाज थेरापीलगायत सेवा निःशुल्क प्रदान गरेको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण