Health TV Online
Health TV Online
Health TV Online

एेन संशाेधन गर्न सकिन्छ : कानुन मन्त्रालय

एेन संशाेधन गर्न सकिन्छ : कानुन मन्त्रालय

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्ररबारदेखि लागू हुन थालेको मुलुकी अपराध (सहिंता) ऐन २०७४ मा चिकित्सकको दण्ड सजायसम्बन्धी व्यवस्था संशोधन गर्न सकिने जनाएको छ।

चिकित्सकको दण्ड सजाय सम्बन्धी ऐनमा भएको व्यवस्थाप्रति नेपाल मेडिकल एसोसिएसनले व्यक्त गरेको चासोप्रति सरकार संवेदनशील रहेको र उक्त विषयलाई प्रचलित कानूनमा आवश्यकता अनुसार संशोधन गर्ने मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

‘पेशागत कार्य सम्पादन र कर्तव्यपालन गर्दा चिकित्सकको मर्यादामा आँच आउन नदिन आवश्यक व्यवस्था मिलाउन सरकार सजग रहेको छ’, मन्त्रालयका प्रवक्ता रमेश ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ऐनमा उपचारका क्रममा बिरामीको ज्यान गएपछि चिकित्सकलाई फाैजदारी कानुनअन्तर्गत जन्मकैदसम्म हुनसक्ने प्रावधान राखिएका कारण चिकित्सकहरूले असन्तुष्टि जनाउँदै अाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा