विश्व स्वास्थ्य संगठनद्वारा कोरोनालाई महामारी घोषणा

जेनेभा: विश्व स्वास्थ्य संगठनले विश्वभर फैलिंदै गएको कोरोना भाइरसको संक्रमणलाई विश्व महामारी घोषणा गरेको छ।
बुधबार विश्व स्वास्थ्य संगठनले जेनेभास्थित कार्यालयमा पत्रकार सम्मेलन गरी विश्व महामारी घोषणा गरेको हो। पत्रकार सम्मेलनमा संगठनका प्रमुख डा टेड्रोसले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्न बाध्य भएको बताएका थिए ।
उनले हालसम्म कोरोना भाइरसका कारण ४ हजार बढीको ज्यान गएको र १ लाख १८ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका पनि जानकारी गराएका थिए । उनले हरेक देशले कोरोना भाइरससँग लड्न आफ्नै रणनिती बनाउनपर्नेमा जोड दिएका थिए । उनले कोरोना हालसम्म ११४ देशमा फैलिसकेको पनि जानकारी दिएका थिए ।
यसअघि नै विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको लागि उच्च जोखिम भएको देश घोषणा गरेको थियो ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा