रजस्वला वा सुत्केरी भएकालाई ‘छाउगोठ’मा राखे तीन महिना कैद
काठमाडौं : मुलुकी अपराध (संहिता) ऐन २०७४ मा रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने उल्लेख छ। संहिताले छाउगोठमा राख्नेलाई मात्र नभई रजस्वला हुँदा छुवाछूत गर्नुलाई पनि फौजदारी अपराध मानेको छ।
संहिताको दफा १६८को उपदफा ३ मा उल्लेख छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन।’
उपदफा ४ मा अब रजस्वला भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ। सजाय र जरिवाना दुवै पनि हुनसक्छ।
उपदफा ५ अनुसार महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने वा छुवाछूत गर्ने र गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुनेछ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन