Health TV Online
Health TV Online
Health TV Online

रजस्वला वा सुत्केरी भएकालाई ‘छाउगोठ’मा राखे तीन महिना कैद

रजस्वला वा सुत्केरी भएकालाई ‘छाउगोठ’मा राखे तीन महिना कैद

काठमाडौं : मुलुकी अपराध (संहिता) ऐन २०७४ मा रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने उल्लेख छ। संहिताले छाउगोठमा राख्नेलाई मात्र नभई रजस्वला हुँदा छुवाछूत गर्नुलाई पनि फौजदारी अपराध मानेको छ।

संहिताको दफा १६८को उपदफा ३ मा उल्लेख छ, ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछूत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन।’

उपदफा ४ मा अब रजस्वला भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई तीन महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ। सजाय र जरिवाना दुवै पनि हुनसक्छ।

उपदफा ५ अनुसार महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने वा छुवाछूत गर्ने र गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा