मुलुकी अपराध (संहिता) एेनप्रति अायुर्वेद चिकित्सक संघकाे अापत्ति

काठमाडाैं : नेपाल अायुर्वेद चिकित्सक संघले मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ चिकित्सक र स्वास्थ्यकर्मीलार्इ अपराधीकाे शैलीमा व्यवहार गर्ने लक्ष्यअनुरूप अाएकाे भन्दै विराेध जनाएकाे छ।
बुधबार विज्ञप्ति जारी गरी संघले मर्यादित ढंगले सेवामा समर्पित हुँदा पनि पर्नसक्ने ‘भवितव्य’ लार्इ पनि अपराधकाे दर्जामा राखी चिकित्सकहरूलार्इ हताेत्साहित पार्न खाेजेकाे अाराेप लगाएकाे छ। ‘याे कानुनी व्यवस्थाले चिकित्सक र स्वास्थ्यकर्मीलार्इ कार्यक्षेत्रमा काम गर्दा सदैव असुरक्षित र मनाेवैज्ञानिक रूपले कमजाेर महसुस गराएकाे छ’, विज्ञप्तिमा भनिएकाे छ।
यस विषयमा अविलम्ब सम्बाेधन गर्न संघले सरकारसँग माग गरेकाे छ। एेन संशाेधन नभएसम्म नेपाल चिकित्सक संघले भदाै १ देखि गर्ने विराेधका सम्पूर्ण कार्यक्रममा संघकाे एेक्यबद्धता रहने विज्ञप्तिमा जनाइएकाे छ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा