उपचारसम्बन्धी ऐनप्रति डाक्टर्स सोसाइटीकाे असहमति

काठमाडौं : मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित कानुनी व्यवस्थाप्रति डाक्टर्स सोसाइटी अफ नेपालले अापत्ति जनाएको छ। बुधबार विज्ञप्ति जारी गरी सोसाइटीले ऐनप्रति असहमति जनाएको हो।
‘मुलुकी संहिताका धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि मुलुकी अपराध(संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित इलाजसम्बन्धी कानुनी व्यवस्थाप्रति यस सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव तोसिमा कार्कीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।
कानुनले चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्नुको साटो त्रासमा काम गर्न पर्ने बाध्यता बनाएको साेसाइटीकाे ठहर छ। अधिकांश गरिब बिरामीलाई प्रतिकूल असर पर्ने कानुन संशोधन गर्न सोसाइटीले माग गरेको छ।
साथै चिकित्सक संघले गरेका विरोधका सम्पूर्ण कार्यक्रमप्रति पूर्ण समर्थन रहेको सोसाइटीले जनाएको छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने