उपचारसम्बन्धी ऐनप्रति डाक्टर्स सोसाइटीकाे असहमति
काठमाडौं : मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित कानुनी व्यवस्थाप्रति डाक्टर्स सोसाइटी अफ नेपालले अापत्ति जनाएको छ। बुधबार विज्ञप्ति जारी गरी सोसाइटीले ऐनप्रति असहमति जनाएको हो।
‘मुलुकी संहिताका धेरै कुरा सकारात्मक हुँदाहुँदै पनि मुलुकी अपराध(संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ मा चिकित्सकप्रति लक्षित इलाजसम्बन्धी कानुनी व्यवस्थाप्रति यस सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव तोसिमा कार्कीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ।
कानुनले चिकित्सकहरुलाई सुरक्षा प्रदान गर्नुको साटो त्रासमा काम गर्न पर्ने बाध्यता बनाएको साेसाइटीकाे ठहर छ। अधिकांश गरिब बिरामीलाई प्रतिकूल असर पर्ने कानुन संशोधन गर्न सोसाइटीले माग गरेको छ।
साथै चिकित्सक संघले गरेका विरोधका सम्पूर्ण कार्यक्रमप्रति पूर्ण समर्थन रहेको सोसाइटीले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण