‘पैसा तिरेर पनि विष खाइरहेछाैँ हामी’
काठमाडौं : सांसदहरूले कानुन फितलो हुँदा उपभोक्ताले पैसा तिरेर पनि विष खाइरहनुपरेको भन्दै सरकारको आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उपभोक्ता हित संरक्षण विधेयकमा जारी छलफलमा सहभागी हुँदै सांसद दुर्गा पौडेलले तरकारी दूध, दही, फलफूल, माछामासुमार्फत पैसा तिरेर विष खाइरहनुपरेकाे बताइन्।
उनले विदेशमा खाद्यान्न परीक्षण गरेर मात्रै उपभोक्ताले प्रयोग गर्न लायक भए मात्रै बजारमा पठाइने गरे पनि नेपालमा भने त्यस्तो व्यवस्था नभएको बताइन्।
सांसद पाैडेलले उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै अखाद्य तथा मिति नाघेका सामान बिक्री भइरहेकाले सरकार गम्भीर हुनुपर्ने बताइन्। सरकारी चलखेल र कमजोरीका कारण पनि त्यस्तो भइरहेको उनकाे अाराेप थियाे।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण