Health TV Online
Health TV Online
Health TV Online

‘पैसा तिरेर पनि विष खाइरहेछाैँ हामी’

‘पैसा तिरेर पनि विष खाइरहेछाैँ हामी’

काठमाडौं : सांसदहरूले कानुन फितलो हुँदा उपभोक्ताले पैसा तिरेर पनि विष खाइरहनुपरेको भन्दै सरकारको आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उपभोक्ता हित संरक्षण विधेयकमा जारी छलफलमा सहभागी हुँदै सांसद दुर्गा पौडेलले तरकारी दूध, दही, फलफूल, माछामासुमार्फत पैसा तिरेर विष खाइरहनुपरेकाे बताइन्।

उनले विदेशमा खाद्यान्न परीक्षण गरेर मात्रै उपभोक्ताले प्रयोग गर्न लायक भए मात्रै बजारमा पठाइने गरे पनि नेपालमा भने त्यस्तो व्यवस्था नभएको बताइन्।

सांसद पाैडेलले उपभोक्ताको अज्ञानताको फाइदा उठाउँदै अखाद्य तथा मिति नाघेका  सामान बिक्री भइरहेकाले सरकार गम्भीर हुनुपर्ने बताइन्। सरकारी चलखेल र कमजोरीका कारण पनि त्यस्तो भइरहेको उनकाे अाराेप थियाे।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा