१० वर्षीय बालकलार्इ क्यान्सर, परिवारद्वारा सहयाेगकाे याचना

प्युठान : क्यान्सर भएका नौबहिनी गाउँपालिका–४ का १० वर्षीय विक्रम सुनारको परिवारले सहयोगको याचना गरेको छ। विक्रमकी आमा सीता सुनारले छोराको उपचारका लागि सहयोगको याचना गरेकी हुन्।
सात वर्षको हुँदा बुटवलमा विक्रमको हर्नियाको शल्यक्रिया भएको थियो। शल्यक्रियामार्फत हर्नियाको समस्या त हट्यो तर उनलाई क्यान्सरको मुखमा पुर्यायो। क्यान्सरको मुखमा पुगेका उनलाई परिवारले बुटवल, भारतका विभिन्न अस्पतालमा पुर्यायो। तर उपचार हुन सकेन।
उपचार हुन नसकेपछि विक्रम घरमै छट्पटाइरहेका छन्। छोराको उपचार खर्च नभएपछि उनका बाबु तीन महिना अगाडि कतार पुगेका छन्। ‘उपचारका लागि २० लाख जति चहिन्छ’, सीताले भनिन्, ‘छोराको उपचारका लागि घरखेत बिक्री गरियो तर केही सिप लागेन। त्यसैले श्रीमानलाई विदेश पठाएकी छु।’
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने