नोबेल कोरोना भाइरसको नाम ‘कोभिड -१९’
काठमाडौं : विश्वलाई नै त्रसित बनाइरहेको नोबेल कोरोना भाइरसको आधिकारिक नामाकरण गरिएको छ ।
विश्व स्वास्थ्य संगठनले यसको नाम कोभिड -१९ राखेको छ । डिसेम्बर ३१ मा पहिलोपटक चीनमा देखिएको यो भाइरसको नाम अब भने कोभिड -१९ ले चिनिनेछ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोसले जेनेभामा पत्रकार सम्मेलन गर्दै कोरोना बाट ‘को’ भाइरसबाट ‘भि’ र डिजिजबाट ‘डी’ लिएर कोभिड बनाइएको बताए । १९ भने राेग फेला परेकाे वर्ष हो । कोभिड- १९ ले हालसम्म चीनमा मात्र ११ सय बढीको ज्यान गइसकेको छ भने ४४ हजार बढी मानिस संक्रमित भएका छन्।
नेपालमा चीनबाट फेर्केका एक जना नेपालीमा कोरोना भाइरस फेला परेको भए पनि उनी उपचार पछि घर फर्किसकेका छन्।
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै