दीर्घरोगीकाे उपचार खर्च गाउँपालिकाले दिने
तेह्रथुम : छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ। गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकलार्इ कुनै दीर्घरोग लागेमा उनीहरूको अवस्था हेरी पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।
यहाँ रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक रूपमा एक पटक पाँच हजार देखि २५ हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए।
गाउँपालिकाले आव ०७५\०७६ मा दीर्घरोगी सहयोग कोषमा पाँच लाख बजेट विनियोजन गरेको छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन