Health TV Online
Health TV Online
Health TV Online

दीर्घरोगीकाे उपचार खर्च गाउँपालिकाले दिने

दीर्घरोगीकाे उपचार खर्च गाउँपालिकाले दिने

तेह्रथुम : छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ। गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकलार्इ कुनै  दीर्घरोग लागेमा उनीहरूको अवस्था हेरी पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए।

यहाँ रहेका मुटुरोगी, क्यान्सर, मिर्गौलालगायत रोगबाट पीडितलाई वार्षिक रूपमा एक पटक पाँच हजार देखि २५ हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने नीति लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए।

गाउँपालिकाले आव ०७५\०७६ मा दीर्घरोगी सहयोग कोषमा पाँच लाख बजेट विनियोजन गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा