चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७२२ पुग्यो
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ । शुक्रबार मात्रै ८८ जनाको मृत्यु भएपछि चीनमा मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको हो ।
शुक्रबार मात्रै चीनमा ८८ जनाको मृत्यु भएको छ भने ३ हजार ३ सय ९९ नयाँ संक्रमित फेला परेको पनि आयोगले जनाएको छ । चीनको वुहानमा गत डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसका कारण ३४ हजार ५सय ४६ जना संक्रमित भइसकेका छन्।
वुहानमा शुक्रबार भर्ना भएका बिरामी मध्ये १ हजार २ सय ८० जना सिकिस्त रहेको पनि आयोगले जनाएको छ । ५ सय १० जना भने शुक्रबार उपचारपछि निको भएर घर फर्केका छन्। चीनबाट शुरु भएको कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेको छ । चीनबाहेक फिलिपिन्समा एक जना र हङकङमा एक जनाको मृत्यु भएको छ ।





नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?
सुरक्षित गर्भपतन सेवामा लगानी बढाउन विज्ञहरूको जोड