डाक्टर लाइसेन्स परीक्षामा २४ प्रतिशत मात्र पास

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका छन्।
लाइसेन्सका लागि शनिबार जाँच दिएका ७८४ एमबीबीएस चिकित्सकमध्ये १८९ मात्र लाइसेन्स परीक्षा पास भएको काउन्सिलका रजिष्ट्रार डा.दिलीप शर्माले बताए।
‘हामीले लिएको परीक्षामा सबैभन्दा धेरै विद्यार्थी फेल भएकाे सम्भवतः यो पहिलो पटक नै होला’, उनले भने। शर्माका अनुसार चीन, बंगलादेश र नेपालका केही मेडिकल कलेजाट एमबिबिएस गरेका विद्यार्थी फेल भएका छन्।
‘त्यहाँकाे पढाइकाे शैली र यहाँकाे पाठ्यक्रम मेल नखाएकाले पनि यस्ताे भएकाे हुन सक्छ’, उनले भने, ‘ज्ञान भए पनि मेहेनत नगरेकाले पनि यस्ताे परिणाम अाएकाे हुनसक्छ।’ पछिल्लो समय फेल हुने क्रम झन् बढेकाेमा अचम्ममा परेको शर्माले बताए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु