Health TV Online
Health TV Online
Health TV Online

‘अप्ठ्याराे केसमा अब डाक्टरले किन रिस्क लिने?’

‘अप्ठ्याराे केसमा अब डाक्टरले किन रिस्क लिने?’

काठमाडौं : भदौ १ बाट लागू हुनेगरी मुलुकी ऐन संहिता चिकित्सकप्रति असहिष्णु रहेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। जारी हुन लागेको कानुनले चिकित्सकलाई अपराधीसरह व्यवहार गर्ने भन्दै संघले असहमति जनाएको हो।

नयाँ कानुनअनुसार चिकित्सकले उपचारमा लापरबाही गरी बिरामीको ज्यान गए ‘जन्मकैद’ सजाय हुने व्यवस्था छ। यसअघि लापरबाही गरी बिरामीको मृत्यु भए वा अंगभंग भए चिकित्सकलाई पाँच सय रुपैयाँ जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था थियो।

हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले चिकित्सकको मनोबल गिराएको प्रतिक्रिया दिए। ‘लापरबाही गरेर जानीजानी कुनै पनि चिकित्सकले बिरामी मारौँ भन्दैन’, श्रेष्ठले भने, ‘यस्तो परिस्थितिमा अब कुनचाहिँ डाक्टर बिरामीको शल्यक्रिया गर्न तयार हुन्छ?’

सरकारले ल्याएको यो कानूलले त चिकित्सकलाई अपराधी जस्तो व्यवहार गरेको उनले बताए। सरकारले अस्पतालमा तोडफोड गर्ने उच्छृंखल तत्त्वलाई बढावा दिने गरी कानुन ल्याएको भन्दै तुरुन्तै सच्याउन सरकारसमक्ष माग गरे। ।

‘पछिल्लो समय एउटा पेशेवर समूह नै डाक्टर र अस्पतालविरुद्ध लागेर ‘बार्गेनिङ’ गरिरहेकाे छ’, उनले भने ‘छुस्स केही भयो कि हुलदंगा गर्ने, तोडफोडमा उत्रिने गरेका छन्।’

यस्ता समूहलाई प्रोत्साहन गर्नेगरी कानुन आउनु दुःखद भएकोे उनले बताए। उनले भने। ‘सरकारको रबैयाले फेरि पनि बिरामी भारत लगायतका अन्य देश जान बाध्य हुनेछन्’, उनले भने, ‘चिकित्सकले अब अप्ठ्यारो केसमा सिधै ‘रिफर’ गर्दिन्छन। किन ‘रिस्क’ लिने।

कानुन नसच्याए आन्दोलनमा जाने चेतावनी उनले दिए। आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा सोमबार छलफल गरी अघि बढ्ने अध्यक्ष डा.श्रेष्ठले बताए।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा