ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले किन्यो एम्बुलेन्स

ओखलढुंगा : दुर्गम खिजीदेम्बा गाउँपालिकामा एम्बुलेन्स पुगेको छ। जिल्लाको उत्तरपश्चिममा पर्ने सबैभन्दा दुर्गममा पर्ने गाउँपालिकाले नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गरेको हो।
नागरिकलाई बिरामी परेका बेला उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न सहज होस् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेको गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले बताए।
उनका अनुसार गाउँपालिकाको १० लाख १२ हजार ४ सय रकमले भारतबाट एम्बुलेन्स ल्याइएको हो।
नागरिकको सेवाका लागि एम्बुलेन्स खरिद गर्ने खिजीदेम्बा ओखलढुंगाको पहिलो स्थानीय तह हो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु