Health TV Online
Health TV Online
Health TV Online

शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द

शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द

बैतडी : जिल्ला अस्पतालमा ६ वर्षदेखि सञ्चालनमा रहेको शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएको छ। ६ महिनादेखि उक्त सेवा बन्द भएपछि यस क्षेत्रका गर्भवती महिला जिल्लाबाहिर र भारत जान बाध्य छन्।

शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका नागरिक मर्कामा परेका छन्। ‘आर्थिक अवस्था राम्रो भएकाहरु बाहिर गएर पनि उपचार गराउन सक्छन्,’ दोगडाकेदारका गणेश विष्टले भने, ‘गरिबलार्इ ठूलो समस्या छ।’

अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्टको दुई महिनाअघि निधन भएकाले सेवा बन्द गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। जनशक्ति अभावका कारण सेवाका लागि अस्पताल पुगेका गर्भवती महिलालाई अन्यत्र पठाउनु परेको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा