शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द
बैतडी : जिल्ला अस्पतालमा ६ वर्षदेखि सञ्चालनमा रहेको शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएको छ। ६ महिनादेखि उक्त सेवा बन्द भएपछि यस क्षेत्रका गर्भवती महिला जिल्लाबाहिर र भारत जान बाध्य छन्।
शल्यक्रियाद्वारा गरिने प्रसूति सेवा बन्द भएपछि आर्थिक अवस्था कमजोर भएका नागरिक मर्कामा परेका छन्। ‘आर्थिक अवस्था राम्रो भएकाहरु बाहिर गएर पनि उपचार गराउन सक्छन्,’ दोगडाकेदारका गणेश विष्टले भने, ‘गरिबलार्इ ठूलो समस्या छ।’
अस्पतालमा कार्यरत एनेस्थेसिया असिस्टेन्टको दुई महिनाअघि निधन भएकाले सेवा बन्द गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए। जनशक्ति अभावका कारण सेवाका लागि अस्पताल पुगेका गर्भवती महिलालाई अन्यत्र पठाउनु परेको उनले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’