‘ट्रमाडोल’ खुला बिक्री वितरणमा रोक

काठमाडौं : सरकारले ‘ट्रमाडोल’ एकल तथा समिश्रित औषधि खुला बिक्री वितरणमा रोक लगाएको छ। यही भदौ १५ गतेदेखि यसको खुला बिक्री वितरणमा रोक लगाउन लागेकाे हाे।
याे अाैषधिकाे दुरूपयाेग अत्यधिक रूपमा बढिरहेकाे भन्दै अाैषधि व्यवस्था विभागले सीमित स्थानबाट मात्र बिक्री वितरणकाे व्यवस्था मिलाउन लागेकाे हाे। ‘ट्रमाडोल’ दुखाइ कम गर्न प्रयाेग हुन्छ।
चिकित्सककाे प्रेस्क्रिप्सनको आधारमा निजी वा सरकारी फार्मेसीबाट मात्रै बिक्री हुनेगरी रेकर्ड राखिने विभागले जारी गरेकाे सूचनामा उल्लेख छ। अस्पतालबाहेकका फार्मेसीमा रहेका अाैषधि फिर्ता गर्न पनि विभागले अाग्रह गरेकाे छ।
औषधि सल्लाहकार समिति २०७५ असार २९ गतेको बैठकले ती बनावटका औषधीहरु सीमित स्थानहरूबाट मात्र बिक्रीवितरण गर्न दिने निर्णय गरेको हो।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु