स्वास्थ्य केन्द्रमा बच्चा जन्माउनेलाई ६ हजार ८०० भत्ता
मोरङ : कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य केन्द्रको ‘बर्थिङ सेन्टर’मा बच्चा जन्माउने सुत्केरीलाई छ हजार ८०० रूपैयाँ भत्ता दिने निर्णय गरेको छ।
कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले पाँच हजार र स्वास्थचौकीले एक हजार ८०० रूपैयाँ उपलब्ध गराउने भएका हुन्। आर्थिक वर्ष ०७५\७६ को बजेटमा परेको उक्त रकम साउनदेखि दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले बताए।
यो सुविधा जुनसुकै स्थानबाट आएका नेपाली नागरिकलाई दिइने छ। प्रसूतिगृहमा प्रसूति गराउन ल्याएर स्वास्थ्य चौकीले अर्को अस्पतालमा सिफारिस गर्नुपरेमा त्यस्ता सुत्केरीलाई एम्बुलेन्सबापत दुई हजार रूपैयाँ भाडासमेत दिइने स्वास्थ्य चौकी सञ्चालन समितिका अध्यक्ष तथा वडा नं. ४ का अध्यक्ष धनबहादुर राईले जानकारी दिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’