डेढ वर्षमा दुई हजार ६०० परिवारले गराए स्वास्थ्य बिमा

म्याग्दी : डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६०० परिवारले स्वास्थ्य बिमा गराएका छन्। जिल्लामा कुल ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालय बेनीले जनाएको छ।
विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो।
अघिल्लो आर्थिक वर्षमा बिमा गरेका छ हजार २९६ जनाले नविकरण गरेका छन्। आव ०७४\७५ मा पाँच हजार ४३४ जनाले स्वास्थ्य बिमा गराएका थिए। बिमा गरेकाहरूले नौ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ।
पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार दुई हजार ५०० रूपैयाँ तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आबद्ध हुने व्यवस्था छ। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भए एक लाख रूपैयाँसम्मको सेवा पाउने प्रावधान छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा