डेढ वर्षमा दुई हजार ६०० परिवारले गराए स्वास्थ्य बिमा
म्याग्दी : डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६०० परिवारले स्वास्थ्य बिमा गराएका छन्। जिल्लामा कुल ११ हजार ७३० जनाले स्वास्थ्य बिमा गराएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको कार्यालय बेनीले जनाएको छ।
विपन्न र गरीब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले २०७३ पुस १३ देखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु गरेको हो।
अघिल्लो आर्थिक वर्षमा बिमा गरेका छ हजार २९६ जनाले नविकरण गरेका छन्। आव ०७४\७५ मा पाँच हजार ४३४ जनाले स्वास्थ्य बिमा गराएका थिए। बिमा गरेकाहरूले नौ हजार ३२३ पटक सो सेवा लिएका छन् । बेनी अस्पताल, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि अञ्चल अस्पताल बागलुङले सिफारिश गरेमा बिमा गराएका नागरिकले सूचीकृत भएका मुलुकका विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा पाउने व्यवस्था छ।
पाँच जनासम्मको परिवारले वार्षिक रूपमा प्रतिपरिवार दुई हजार ५०० रूपैयाँ तिर्नुपर्ने र परिवारका सदस्य पाँचभन्दा बढी भएमा प्रतिसदस्य ४२५ का दरले थप शुल्क तिरेर एक वर्षका लागि स्वास्थ्य बिमामा आबद्ध हुने व्यवस्था छ। पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक ५० हजारसम्मको स्वास्थ्य सेवा पाइने तथा पाँचभन्दा बढी सदस्य भए एक लाख रूपैयाँसम्मको सेवा पाउने प्रावधान छ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन