मेडिकल टुरिजम एसिया एक्स्पो सम्पन्न
काठमाडौं : एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्सकाे आयोजनामा काठमाडौंमा पहिलो मेडिकल टुरिजम एसिया एक्स्पो सम्पन्न भएको छ ।
‘नेपालमा मेडिकल टुरिजम सम्भव छ’ भन्ने सन्देश दिन शुरु गरिएको एक्स्पोमा नेपाल भारत, बंगलादेश, थाइल्यान्ड, सिंगापुर लगायतका चिकित्सक र प्रतिनिधि गरी ३५० जना सहभागी थिए ।
दुई दिन चलेको सम्मेलनमा नेपालका मेडिसिटी, तिलगंगा आँखा अस्पताल, ग्रान्डी अस्पताल, मानव अंग प्रयारोपण केन्द्र, वीर अस्पताल, स्टार अस्पताललगायतका चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उनीहरूले यस्तो किसिमको सम्मेलनले मेडिकल टुरिजमको छलफल बढाउने बताए। नेपालमा मेडिकल टुरिजमको लागि दक्ष जनशक्ति तथा अस्पताल भएको पनि उनीहरुले दाबी गरे।
सम्मेलनको समापन समारोहका अध्यक्ष एवं नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले नेपाल आँखा, दाँत, मुटु, हाडजोर्नी तथा मिर्गाैला प्रत्यारोपण जस्ता अति संवेदनशील उपचारमा धेरै नै अघि बढिसकेको भन्दै बिरामीले चाहेजस्तो उपचार नेपालमै दिन सकिने बताए ।
सम्मेलनमा भारतले कसरी मेडिकल टुरिजमलाई बढावा दिइरहेको छ भन्ने विषयमा राना भट्टाचार्य र हरिन्दर सिंहले अनुभव सुनाएका थिए।
एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्शका नेपालका लागि अध्यक्ष कृष्ण पाण्डेले नेपालमा मेडिकल टुरिजमको अत्यधिक सम्भावना रहेको र यसको विकासका लागि सरकार तथा अस्पतालहरुसँग समन्वय गरी भावी योजना तर्जुमा गर्ने बताए ।
विदेशमा भन्दा नेपालमा स्वास्थ्य उपचार सस्तो तथा वातावरण अनुकुल भएकोले विदेशी पर्यटकहरूलाई आकर्षण गर्न सजिलो हुने कुरा एक्स्पोका प्रबन्धक अर्जुन चन्दले जानकारी गराए। सम्मेलन सोमबार शुरु भएको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’