‘नाफामा छ वीर अस्पताल’

काठमाडाैं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)ले चार वर्षमा८० प्रतिशत काम सम्पन्न भएको दाबी गरेको छ। मंगलबार अस्पतालका पदाधिकारीको कार्यकाल सकिएसँगै पदाधिकारीहरूले चार वर्षे कार्यकालमा भएका उपलब्धिसम्बन्धी श्वेतपत्र सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.गणेश गुरुङले आफूले नेतृत्व सम्हाले यता संस्था १२ करोड रुपैयाँभन्दा बढी घाटा रहेकोमा हाल थोरै भए पनि नाफामा सञ्चालन भइरहेको दाबी गरे। उनले यसअघि ८६ करोड रुपैयाँ बेरुजु रहेकोमा अहिले नरहेको प्रस्ट पारे।
अस्पतालले वर्ष मात्रै एक अर्ब २७ करोड रुपैयाँ बराबरको उपकरण खरिद गरेको थियो। डा. गुरुङले हाल नर्सिङ कलेज भएको ठाउँमा बहुवर्षीय कार्यक्रमअन्तर्गतको सुविधा सम्पन्न भवन, जापान सरकारको सहयोगमा अर्को भवन र भक्तपुरको दुवाकोटमा अर्को परियोजना स्वीकृत गर्ने काम आफ्नै कार्यकालमा पूरा भएको जानकारी दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु