तुलसीपुर बसपार्कमा स्तनपान कक्ष
दाङ : तुलसीपुरमा बन्न लागेकाे आधुनिक बसपार्कमा ‘स्तनपान कक्ष’ निर्माण गरिने भएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निर्माणाधीन बसपार्कको अवलोकन गर्दै स्तनपान कक्ष निर्माणका लागि निर्देशन दिएका हुन्।
स्तनपान गराउने कक्ष नहुँदा महिलाहरुलाई अनेक समस्या हुने भएकाले यस्तो कक्षको निर्माण गर्न आवश्यक भएको उपमहानगरका प्रमुख पाण्डेले बताए। स्तनपान कक्षको अभावमा नाबालकहरूले आवश्यक मात्रामा दूध खान नपाएकाले स्तनपान कक्ष निर्माणको अवधारणा अघि बढाइएको उनले बताए।
निर्माण कार्यलाई तीब्रताका साथमा अगाडि बढाउन पनि उपमहानगरका प्रमुख पाण्डेले निर्देशन दिए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु