तुलसीपुर बसपार्कमा स्तनपान कक्ष
दाङ : तुलसीपुरमा बन्न लागेकाे आधुनिक बसपार्कमा ‘स्तनपान कक्ष’ निर्माण गरिने भएको छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले निर्माणाधीन बसपार्कको अवलोकन गर्दै स्तनपान कक्ष निर्माणका लागि निर्देशन दिएका हुन्।
स्तनपान गराउने कक्ष नहुँदा महिलाहरुलाई अनेक समस्या हुने भएकाले यस्तो कक्षको निर्माण गर्न आवश्यक भएको उपमहानगरका प्रमुख पाण्डेले बताए। स्तनपान कक्षको अभावमा नाबालकहरूले आवश्यक मात्रामा दूध खान नपाएकाले स्तनपान कक्ष निर्माणको अवधारणा अघि बढाइएको उनले बताए।
निर्माण कार्यलाई तीब्रताका साथमा अगाडि बढाउन पनि उपमहानगरका प्रमुख पाण्डेले निर्देशन दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण