जिल्ला अस्पताल चिकित्सकविहीन

धनकुटा : जिल्ला अस्पताल चिकित्सकविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको एकैपटक सरुवा र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि चिकित्सकविहीन भएकाे प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताए।
मेडिकल सुपरिटेण्डेन डा. फणिन्द्र बराल र डा. प्रीति यादव सरुवा भएर अन्यत्र गइसकेका छन्। करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी र सुमन जायसवालको करार अवधि समाप्त भएपछि जिल्ला अस्पताल चिकित्सकविहीन बनेको हो। दरबन्दीमा डा. नीति प्रसाईँ र नीलम कुमारीलाई पठाइएको भनिए उनीहरू अस्पतालमा हाजिर भइनसकेकाे अस्पताल प्रशासन जनाएको छ।
अस्पताल डाक्टरविहीन भएपछि धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरबाट उपचारका लागि आएका सेवाग्राही अन्यत्र धाउन बाध्य भएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु