छाेरी जन्माउने अामालार्इ प्राेत्साहन भत्ता
बैतडी : दोगडाकेदार गाउँपालिकाका २००भन्दा बढी आमाले छोरी जन्माएवापत बैतडीका प्रोत्साहन भत्ता पाएका छन्। गाउँपालिकाभित्र गत आर्थिक वर्षमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरूप एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए।
गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एकहजार प्रोत्साहन भत्ता दिन सुरु गरेको थियो। सरकारले अस्पतालमा सुत्केरी भएवापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप चार सय रुपैयाँ दिँदै आएको छ।
स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपैयाँ प्रोत्साहन भत्ता दिन सुरु गरेको हो। छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन्।
छोरी जन्मिँदा आमालाई प्रोत्साहन भत्ता दिने दोगडाकेदार गाउँपालिका बैतडीकै पहिलो गाउँपालिका हो।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन