मृगौला स्वस्थ राख्न डा. काफ्लेकाे १० सूत्र
मानव शरीरको महत्त्वपूर्ण अङ्गमध्ये एक हाे, मृगौला। यसले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानीलाई छानेर पिसाबको माध्यमबाट बाहिर पठाउँछ।
मृगौलाले रक्तचापलाई पनि नियन्त्रणमा राख्छ। तर सही ढंगबाट काम गर्न सकेन भने यो बिग्रेको मानिन्छ। जब मृगौला पूर्णरूपले बिग्रिन्छ त्यस पछि पहिलाको अवस्थामा फर्काउन असम्भव हुन्छ।
काम गर्न नसक्ने अवस्था नभएसम्म मृगौला बिग्रिएको खासै लक्षणहरू देखा नपर्न पनि सक्छ। मृगौलाले यस्ता महत्त्वपूर्ण काम गर्न सकेन वा खराब भयो भने मानिसको जीवनलार्इ ठूलो असर पर्छ। त्यसैले यसलाई स्वस्थ्य र सक्रिय राख्नुपर्छ।
मधुमेह र उच्च रक्तचाप मृगौला रोगका मुख्य कारण हुन् । यसबाहेक पर्याप्त मात्रामा पानी नपिउनु वा शरीरमा पानीको मात्रा कम हुनु , धेरै झाडापखाला लाग्नु, बान्ता हुनु र धेरै गर्मीमा काम गर्नु जस्ता कारणले पनि मृगौला रोग लाग्न सक्छ।
धेरै लामो समयसम्म ज्वरो आउने, रगतमा सङ्क्रमण हुने, प्रोस्टेट ग्रन्थी बढेर अवरोध हुने, रोग प्रतिरोधात्मक क्षमता कम हुने, मृगाैला पानीको फोका हुने र जन्मजात दोष जस्ता कारणले पनि याे राेग लाग्नसक्छ।
धेरै मात्रामा ‘एन्टिबायोटिक’ औषधी सेवन गरे पनि मृगाैला बिग्रिनसक्छ।
यी उपाय अपनाए मृगौला स्वस्थ्य राख्न सकिन्छ–
–आफूलाई सक्रिय र तन्दुरुस्त राख्ने।
–दैनिक १० हजार पाइला हिँड्ने।
–रगतमा चिनीको मात्रा बढ्न नदिने।
–आफूखुशी पेनकिलर औषधि नखाने।
–स्वस्थ र पौष्टिक खाना खाने।
–धूमपान र मद्यपान नगर्ने।
–रक्तचाप उच्च हुन नदिने।
–दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउने।
–समयमा सुत्ने र उठ्ने बानी गर्ने।
–वर्षको एकपटक ‘किड्नी फङ्सन टेस्ट’ गर्ने।
मृगाैलाराेग विशेषज्ञ प्रा.डा. ऋषिकुमार काफ्लेसँग गरिएकाे कुराकानीमा अाधारित।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य