काठमाडाैंमा प्रोस्थोडोन्टिक्स सम्मेलन शुरू
काठमाडौं : दन्तचिकित्सा क्षेत्रमा अाएका नयाँ खाेज र प्रविधिबारे छलफल गर्न राजधानीमा दुईदिने सम्मेलन एवं कार्यशाला गोष्ठी शुरु भएको छ।
नेप्लिज प्रोस्थोडोन्टिक्स सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रममा नक्कली दाँत बनाउने, राख्ने र यससँग सम्बधित सम्पूर्ण सेवालाई चुस्त दुरुस्त बनाउने विषयमा छलफल हुने आयोजक समितिका अध्यक्ष प्रा.डा. सुरज माथेमाले बताए ।
वीर अस्पतालको ट्रमा सेन्टरमा आयोजित कार्यक्रममानक्कली दाँत बनाउने तथा प्रत्यारोपण गर्ने सेवामा कार्यरत नेपाल र भारतका ८० भन्दा बढी विशेषज्ञहरूको सहभागिता छ। अन्तर्क्रियामार्फत दाँतसँग सम्बन्धित समस्या समाधान र आधुनिक प्रविधिको प्रयोगमा टेवा पुग्ने कार्यक्रममा सहभागीहरुले बताए।
सम्मेलनमा नक्कली दाँत प्रत्यारोपण विषयका विभिन्न विधामा कार्यपत्र प्रस्तुत हुने आयोजकले बताएको छ। यो नेप्लिज प्रोस्थोडोन्टिक्स सोसाइटीको पोष्ट ग्र्याजुयटस्तरीय पहिलो सम्मेलन हो।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण