Health TV Online
Health TV Online
Health TV Online

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि, प्रदेश २ पछाडि

शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि, प्रदेश २ पछाडि

नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश ७ अगाडि देखिएकाे छ।

विश्व स्तनपान दिवसका सन्दर्भमा राष्ट्रसंघीय बालकोष र विश्वस्वास्थ्य संगठनले जारी गरेकाे प्रतिवेदनअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेमा प्रदेश २ मा सबैभन्दा कम छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पहिलो एक घण्टामा स्तनपान गराउनेको संख्या प्रदेश ७ मा सबैभन्दा धेरै ७०.७ प्रतिशत रहेको छ। प्रदेश २ मा सबैभन्दा कमअर्थात् ४५.३ प्रतिशत छ।

प्रदेश २ मा जन्मिएका शिशुमध्ये पहिलो तीन दिनमा मह, पानी र अन्य दूधजस्ता पदार्थ खुवाइने गरिएको सर्वेक्षणले देखाएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा