कर्मचारी अभावमा उपचार सेवा प्रभावित
दाङ : लमही अस्पतालमा कर्मचारी नहुँदा सेवा प्रभावित भएको छ। करारमा रहेका कर्मचारीको म्याद असार मसान्तदेखि थप नभएपछि सेवा सञ्चालनमा समस्या भएको हो।
इमरजेन्सीका दुई, प्यारामेडिकलका दुई, एम्बुलेन्स चालक एक, शववाहन चालक एक र कार्यालय सहयोगी तीन जनाको म्याद थप नभएपछि समस्या भएको अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा.विमलेश गुप्ताले बताए।
राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहेको तर जनशक्ति पर्याप्त नभएको उनले बताए। ‘दैनिक ६० देखि एक सयसम्म बिरामी उपचारका लागि आउँछन्’, उनले भने, ‘दैनिक ८\१० जना दुर्घटनाका घाइते आइरहेका हुन्छन्।’
१५ शय्याको लमही अस्पतालमा हाल तीन जना डाक्टरको दरबन्दी छ। अस्पतालमा हाल अहेब ५, नर्स एक, अनमी ५ र कार्यालय सहयोगी दुई जना कार्यरत छन् । अझै १०\१२ जना कर्मचारी आवश्यक रहेकाे गुप्ताले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण