Health TV Online
Health TV Online
Health TV Online

मेडिसिटी अस्पतालमा क्यान्सर सम्मेलन सम्पन्न

मेडिसिटी अस्पतालमा क्यान्सर सम्मेलन सम्पन्न

काठमाडौं : नेपाल मेडिसिटी अस्पतालमा  स्तन क्यान्सर र खानेनलीसम्बन्धी क्यान्सर सम्मेलन बुधबार सम्पन्न भएको छ।

‘उपचार, पुन:स्थापना र भविष्यका आधारहरू’ भन्ने नारासहित आयोजना भएको सम्मेलनमा क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, गरी झण्डै २०० भन्दा बढी चिकित्सक सहभागी थिए।

सम्मेलनमा अमेरिका र नेपालमा हुने शल्यक्रियाका समानता र भिन्नता एवं प्रविधिको विषयमा अन्तरक्रिया गरिएको अस्पतालले जनाएको छ।

अस्पतालको ‘अपरेसन थिएटर’मा गरिएको शल्यक्रियासमेत सम्मेलन स्थलमा प्रत्यक्ष प्रसारण गरिएको थियो। अमेरिकास्थित येल न्यु हेभन हस्पिटल र नेपाल मेडिसिटी अस्पतालको सहकार्यमा भएको सम्मेलन साेमबार सुरू भएकाे थियाे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा