स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष स्थापना
काठमाडौं : विश्व स्तनपान सप्ताहको अवसर पारेर स्वास्थ्य सेवा विभागमा स्तनपान कक्ष स्थापना भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र युनिसेफ नेपालका प्रतिनिधि टोमो होजुमीले बुधवार संयुक्त रूपमा सो कक्षको उद्घाटन गरे।
विभागमा कार्यरत महिला कर्मचारी र सेवाग्राहीका लागि लक्ष्य गर्दै स्तनपान कक्ष शुरु गरिएको महानिर्देशक डा.गुणराज लोहनी बताए। उक्त कक्षमा दुई महिलाले एकैपटक बच्चालाई स्तनपान गराउन सक्नेछन्।
युरोपियन युनियन र युनिसेफको सहयोगमा आगामी एक वर्षभित्र विभिन्न ३० स्थानमा स्तनपान कक्ष बनाइने लक्ष्य लिइएको डा. लोहनीले बताए। ‘अहिले ३० वटा कक्षको लक्ष्य भए पनि यसलाई बढाउँदै लैजाने योजना छ’, उनले भने।
नेपालमा स्तनपान कक्षको व्यवस्था नहुँदा धेरै कामकाजी आमाहरू आफ्ना बच्चाहरूलाई स्तनपान गराउनबाट वञ्चित भइरहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’