सिटी स्क्यान बिग्रिएकाे एक महिना बित्याे, मर्मत गर्न अस्पताल उदासीन
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको ‘सिटी स्क्यान’ बिग्रिँदा बिरामी मारमा परेका छन्। मेसिन झण्डै एक महिनादेखि बिग्रेको भए पनि मर्मत हुन सकेको छैन। अस्पतालको सिटी स्क्यान मेसिन बिग्रेपछि बिरामी महंगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य छन्।
सिटी स्क्यानमा प्रयोग हुने ‘ट्यूब’ बिग्रेको अस्पतालका सिनियर मेडिकल रेकर्डर कुमार केसीले बताए। ‘मेसिन बिग्रेकाले बिरामी अन्य अस्पताल पठाउनु परेको छ’, उनले भने, ‘दुई सातासम्म अस्पतालमा कार्यकारी निर्देशक नहुँदा महत्त्वपूर्ण निर्णय गर्न नसकेको हो।’ यसको मूल्य एक करोड रुपैयाँ पर्छ।
अस्पतालमा दैनिक दुर्इ हजार बिरामी बरिहंग सेवा लिन आउँछन्। त्यसमध्ये पचास जनाभन्दा बढी बिरामी सिटी स्क्यान सेवा लिन्छन्। शिक्षण अस्पतालमा तीन हजार पर्ने सिटी स्क्यान सेवाका लागि निजी अस्पतालमा झण्डै तेब्बर शुल्क पर्छ।
सरकारले आर्इओएमकी सहायक डीन प्रा.डा.मन्दिरा वन्तलाई जिम्मेवारी सुम्पेको छ। तर अझै सिटी स्क्यान मर्मतका लागि पहल हुन सकेको छैन।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण