Health TV Online
Health TV Online
Health TV Online

रक्तदान कम गर्छन् महिला

रक्तदान कम गर्छन् महिला

काठमाडाैं : सबै क्षेत्रमा महिलाहरूको सक्रियता र सहभागिता बढ्दै गए पनि महिला रक्तदाताको संख्या भने निकै कम देखिएको छ। केन्द्रीय रक्तसञ्चार सेवाले गत आर्थिक वर्षमा ६२ हजार ३५३ युनिट रगत सङ्कलन गरेकोमा १० हजार युनिट मात्रै महिलाबाट संकलन गरेको छ। ५२ हजार २८५ युनिट पुरुषबाट संकलन गरिएको छ।

यो वर्ष गरिएको रगत समूहको विश्लेषण अनुसार, नेपालमा ३.१० प्रतिशत मानिसको रक्तसमूह ए, बी, ओ र एबी नेगेटिभ छ। तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने २.९ प्रतिशत छन्। सबैभन्दा दुर्लभ एबी नेगेटिभ समूह ०.४२ प्रतिशत मात्रै छ। याे वर्षका रक्तदातामध्ये एचआर्इभी पोजेटिभ हुने ६६ जना देखिएका छन् भने हेपेटाइटिस बी भएका ४६६ र सी देखिएका दाताको संख्या ३५१ छ।

नेपालमा रक्त रक्तसञ्चार सेवा सुरु भएको ५२ औँ वर्ष पूरा गरेको अवसरमा काठमाडाैंमा शनिवार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले अहिले नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइको स्थापना भएको जानकारी दिए।

उनले लागतको आधारमा रगत उपभोक्ताले शुल्क तिर्नुपरेको वर्तमान अवस्थामा सोसाइटीले आफ्नो कोषबाट रक्तसञ्चार सेवाका लागि वार्षिक डेढ करोड अतिरिक्त खर्च व्यहोर्नुपरेको बताए। नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालाका प्रमुख हरिश्चन्द्र उप्रेतीले रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन सरकारको तर्फबाट पूरा सहयोग हुने जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा