हेपाटाइटिसका बिरामी बढे
हराइरहेका हेपाटाइटिसका बिरामी खोज्न जरुरीः विश्व स्वास्थ्य संगठन

काठमाडौं- आज विश्व हेपाटाइटिस दिवस । नेपालमा पनि विविध जनचेतानामूलक कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा पछिल्लो समय हेपाटाइटिसका बिरामी बढेका छन्। कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने हेपाटाइटिसलाई एदेखि ईसम्म पाँच प्रकारमा वर्गीकरण गरिएको छ।
चिकित्सकका अनुसार तुलनात्मक रूपमा हेपाटाइटिस बी र हेपाटाइटिस सी गम्भीर मानिन्छन्। एकिन तथ्यांक नभए पनि नेपालमा करिब चार लाख हेपाटाइटिसका बिरामी भएको अनुमान छ।
शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन हेपाटाइटिस ‘बी’ को संक्रमण बढिरहेको बताउँछनन्। ‘अन्य हेपाटाइटिसभन्दा ‘बी’ बाट बढी संक्रमित भइरहेको तर यसबारे धेरैले ध्यान नदिएकाले यस विषयमा बहस गर्नुपर्ने समय आएको छ’, उनले भने। हरेक दिनजसो टेकु अस्पतालमा हेपाटाइटिस ‘‘बी’ का संक्रमित आउने गरेको र यौनसम्पर्क र रगतका माध्यमबाट हुने यस रोगबारे धेरै व्यक्ति अनभिज्ञ भएकाले उपचारमा पनि निकै कम आउने गरेको पुनले बताए।
कलेजो रोग विशेषज्ञ डा दिलिप शर्मा हेपाटाइटिसलाई जनस्वास्थयको प्रमुख समस्याको रुपमा लिन जरुरी रहेको बताउँछन । उनले भने ‘ हेपाटाइटिस बी र सी एचआइभी भन्दा बढी खतरनाक भए पनि यसलाई महत्व दिइएको छैन’
यहीबीच विश्व स्वास्थ्य संगठनले प्रेस विज्ञप्ति जारी गर्दै दक्षिण पूर्वी एशिया क्षेत्रका देशहरूमा भाइरल हेपाटाइटिस विरामीको खोजी गरी तत्काल उपचार गर्न आवश्यक भएको जनाएको छ । विश्व स्वास्थ्य संगठनकी दक्षिण पूर्वी एशिया क्षेत्रिय निर्देशक डा पुनम क्षेत्रपाल सिंहले हराइरहेका हेपाटाइटिसका विरामी खोजी गर्न सबै एकजुट भएर लाग्नपर्ने बताएकी छिन ।
बी र सी हेपाटाइटिसका कारण हरेक वर्ष संसारका १३ लाख मानिसको मृत्यु हुन्छ। क्यान्सरबाट मृत्यु १२ जनामध्ये एक जना कलेजोको क्यान्सरबाट मृत्यु हुन्छ। हेपाटाइटिस बीको संक्रमण भएका ९० प्रतिशत मानिसलाई र हेपाटाइटिस सीको संक्रमण भएका ८० प्रतिशत मानिसलाई यसबारे जानकारी नै नभएको चिकित्सकको भनाइ छ। हेपाटाइटिस बी आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ जसमा ८० देखि ९० प्रतिशत बच्चामा हेपाटाइटिस बी दीर्घरूपको संक्रमणका रुपमा देखिन्छ। यसमध्ये एक चौथाइ युवा अवस्थामा नै मृत्युवरण गर्छन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा