नेता खनालले गराए चीनमा पत्थरीको शल्यक्रिया
काठमाडौं : चीनमा उपचाररत नेकपाका वरिष्ठ नेता झलनाथ खनालको प्याराथाइराडड र मिर्गौलामा भएको पत्थरीको शल्यक्रिया गरिएको छ।
चीनको सिन्चाउस्थित अन्तर्राष्ट्रिय हस्पिटल अफ सिन्चाउ प्रोभिन्समा बिहीबार सफल शल्यक्रिया भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
चिकित्सकको सल्लाहमा पूर्वप्रधानमन्त्री खनाल प्याराथाइराइड र मिर्गौलामा भएको पत्थरीको उपचार गर्न चीन गएका हुन्। उनलाई एक वर्षदेखि प्याराथाइराइडको समस्या भएको थियो।
यही साउन ६ गते पत्नी रविलक्ष्मी चित्रकारसँगै चीन गएका खनाल अझै १० दिन चिकित्सकको सल्लाहमा चीन बस्नेछन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण