Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

चिकित्सा शिक्षा विधेयक संसदमा पेश

काठमाडाैं :  सरकारले चिकित्सा शिक्षा विधेयक व्यस्थापिका संसदमा पेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पेश गरेका हुन्। शिक्षामन्त्री पोखरेलले सबैको भावनाअनुरूप विधेयक अघि बढ्ने जानकारी दिए।

‘चिकित्सा क्षेत्रमा देखिएका समस्या संयन्त्र बनाएर हल गर्नेछौँ’, उनले भने। यसअघि सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए। सरकारले डा. केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिए।

त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पेश गरेकोे विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ। थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा