चिकित्सा शिक्षा विधेयक संसदमा पेश
काठमाडाैं : सरकारले चिकित्सा शिक्षा विधेयक व्यस्थापिका संसदमा पेश गरेको छ। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयक पेश गरेका हुन्। शिक्षामन्त्री पोखरेलले सबैको भावनाअनुरूप विधेयक अघि बढ्ने जानकारी दिए।
‘चिकित्सा क्षेत्रमा देखिएका समस्या संयन्त्र बनाएर हल गर्नेछौँ’, उनले भने। यसअघि सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसद गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए। सरकारले डा. केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिए।
त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पेश गरेकोे विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ। थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिएका थिए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’