Health TV Online
Health TV Online
Health TV Online

चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै

चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुँदै

काठमाडाैं : राष्ट्रिय चिकित्सा शिक्षा विधेयक शुक्रबार संसद् बैठकमा पेश हुँदैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले विधेयक संसदमा पेश गर्नेछन्।

विधेयक यसअघि पटक–पटक कार्यसूचीमा राखेर हटाइएको थियो। पछिल्लो समय कांग्रेसको अवरोधका कारण संसद बैठक नै चल्न सकेको थिएन। कांग्रेसले  केसीको जीवन रक्षा र उनका माग पूरा गर्न भन्दै संसद् बैठकमा अवराेध पुर्रयाएको थियो।

बिहीबार राति  डा.गोविन्द केसीकाे अनशन तोडिएसँगै उनीसँग सरकारले गरेकाे सहमतिअनुरूप विधेयक अघि बढ्ने भएको हो। केसीसँगको सहमतिका लागि मध्यस्थता गरेका सत्तारुढ नेकपाका नेता सुवास नेम्वाङले यसअघि नै कार्यसूचीमा राखिएकाले विधेयक संसदमा पेश हुने बताए। ‘केसीसँग भएका सम्झौताका विषय संसोधनमार्फत् विधेयकमा समेटिने छ’, उनले भने।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा