आज विश्व नाक, कान तथा घाँटी क्यान्सर दिवस
काठमाडौंः विश्व नाक, कान तथा घाँटी क्यान्सर दिवस । नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी शुक्रबार यो दिवस मनाइँदै छ। दिवसकै अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले निशुल्क बहिरंग सेवा प्रदान गरेको छ। बिहान १० बजेदेखि अपराह्रन ४ बजेसम्म आउने बिरामीले नि:शुल्क सेवा लिन पाउने अस्पतालले जनाएको छ।
यसै अवसरमा अस्पतालले क्यान्सर लागेका बिरामी र क्यान्सर जितेर स्वस्थ जीवनयापन गरिरहेका बिरामीसँग अन्तरक्रिया समेत गरेको छ। कार्यक्रममा विशेषज्ञहरूले अन्य क्यान्सरको तुलनामा यसको चर्चा नभए पनि नेपालमा नाक, कान तथा घाँटीका बिरामी बढ्दै गएको बताएका छन्। सुर्तीजन्य पदार्थ पानपराग, गुट्खा र चुरोटको सेवनले नाक, कान तथा घाँटीको क्यान्सर बढेको विज्ञहरुको भनाइ छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु