आज विश्व नाक, कान तथा घाँटी क्यान्सर दिवस
काठमाडौंः विश्व नाक, कान तथा घाँटी क्यान्सर दिवस । नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी शुक्रबार यो दिवस मनाइँदै छ। दिवसकै अवसरमा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले निशुल्क बहिरंग सेवा प्रदान गरेको छ। बिहान १० बजेदेखि अपराह्रन ४ बजेसम्म आउने बिरामीले नि:शुल्क सेवा लिन पाउने अस्पतालले जनाएको छ।
यसै अवसरमा अस्पतालले क्यान्सर लागेका बिरामी र क्यान्सर जितेर स्वस्थ जीवनयापन गरिरहेका बिरामीसँग अन्तरक्रिया समेत गरेको छ। कार्यक्रममा विशेषज्ञहरूले अन्य क्यान्सरको तुलनामा यसको चर्चा नभए पनि नेपालमा नाक, कान तथा घाँटीका बिरामी बढ्दै गएको बताएका छन्। सुर्तीजन्य पदार्थ पानपराग, गुट्खा र चुरोटको सेवनले नाक, कान तथा घाँटीको क्यान्सर बढेको विज्ञहरुको भनाइ छ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै