शुरू भयाे वार्ता, अाजै टुंगाेमा पुग्ने सम्भावना
काठमाडाैंः सरकारी वार्ता टोली र डा. गोविन्द केसीका प्रतिनिधिबीच सिंहदबारमा वार्ता सुरु भएको छ। बिहीबार दिउँसो २ बजेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता सुरु भएको हो। विभिन्न चरणको अनोपचारिक छलफलपछि वार्ता शुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा गरेको छलफलपछि डा .केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयकमा संशोधन गर्ने गरी वार्ता अगाडि बढेको स्रोतले जनाएको छ ।बुधवारको वार्ता मुख्य विषयवस्तुमा प्रवेश नै नगरिकन भाँडिएकाे थियाे। डा. केसी चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै २७ दिनदेखि अामरणा अनशनमा छन् ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य