Health TV Online
Health TV Online
Health TV Online

चिकित्सकको र्‍यालीमा प्रहरीको हस्तक्षेप

चिकित्सकको र्‍यालीमा प्रहरीको हस्तक्षेप

काठमाडाैः त्रिवि शिक्षण अस्पतालबाट बालुवाटारसम्म र्‍याली निकाल्न हिंडेका चिकित्सक तथा विद्यार्थीहरुलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ। डा गोविन्द केसीको समर्थनमा  शान्तिपूर्ण र्‍यालीमा निस्केका  चिकित्सक , विद्यार्थी र  सुरक्षाकर्मीबीच केहीबेर झडप समेत भएको थियो ।

सोही क्रममा प्रहरीले दर्जनौं चिकित्सक तथा विद्यार्थीलार्इ पक्राउ गरेको हो।  यही कारण शिक्षण अस्पताल यतिखेर अस्तव्यस्त रहेकाे छ । डा केसीका माग पूरा गराउन दबाब स्वरुप केसी समर्थक चिकित्सक बिहीबार बिहान  त्रिवि शिक्षण अस्पतालमा भेला भएर र्यालीसहित बालुवाटार जाने तयारी गरेका थिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा