Health TV Online
Health TV Online
Health TV Online

यस्ताे छ डा.केसीकाे पछिल्लाे स्वास्थ्य अवस्था

यस्ताे छ डा.केसीकाे पछिल्लाे स्वास्थ्य अवस्था

काठमाडौं : आमरण अनशनको २६ औँ दिनमा आइपुग्दा डा.गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ। उनकाे उपचारमा संलग्न चिकित्सकहरूका अनुसार केसीको सेतो रक्तकोशिकाको संख्या हालसम्मकै न्यून भएको छ।

उपचारमा संलग्न चिकित्सकहरूले बुधबार साँझ पत्रकार सम्मेलन गरी रगतमा सुगरकाे मात्रा अत्यन्त कम भएकाले उनी जुनसुकै बेला अचेत अवस्थामा पुग्नसक्ने बताए। उनीहरूले डा.केसीले बिस्तारै होश गुमाउँदै जान थालेको बताए।

‘रगतमा पोटासियम अति नै कम भइसकेको र मुटुको चाल पनि अत्यन्त कम भइरहेकाले कुनै पनि बेला धड्कनमा समस्या आइ मुटु नै बन्द हुनसक्ने अवस्था आउनसक्छ’, डा.लक्ष्मण भुसालले भने, ‘रक्तचाप पनि अत्यन्त कम रहेको छ। यसरी मुटुको चाल, धड्कन र रक्तचापको समन्वय नमिल्दा कुनै पनि बेला गम्भीर समस्या आउन सक्छ।’

सरकारले सुविधासम्पन्न अस्पतालमा लिएर आएको भनेर ढुक्क बसिरहेको अवस्थामा आजसम्म डा.केसीको उपचारका लागि मेडिकल टिम नै नबनेको भुसालले बताए। आफूहरु ड्युटीको समय मिलाउँदै उपचारमा संलग्न भइरहेको उनले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आवासीय चिकित्सक पनि आन्दोलनमा

आवासीय चिकित्सक पनि आन्दोलनमा