९० वटा अाैषधि कम्पनी, ७० अर्बकाे अाैषधि खपत

काठमाडौं : नेपालमा वार्षिक ३६ अर्ब रुपैयाँको बराबरको औषधि खपत हुने गरेको सरकारी आँकडाले देखाएको छ। नेपाल औषधि विभागका अनुसार त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुन्छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको बताए। नेपालमा हाल ४५ प्रतिशत औषधि उत्पादन हुने र औषधि विदेशबाट आयातित हुने विभागको भनाइ छ।
नेपाल औषधि व्यवसायी संघका महासचिव हरिप्रसाद विडारीले भने नेपालमा ७० अर्ब बराबरको औषधि बजार रहेको जानकारी दिए। ‘स्वदेशी–विदेशी औषधि, औषधिको कच्चा पदार्थ, सर्जिकललगातयको मूल्य जोड्ने हो भने करिब ७० अर्ब बजार छ।’ विदेशबाट औषधि आयात गर्नेहरूको संस्था औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले वार्षिक २६ अर्ब बराबरको औषधि आयात भइरहेको जानकारी दिए।
उनले नेपालमा भित्रिएको औषधिमध्ये ४० प्रतिशत उपत्यकामै खपत हुने बताए। ‘काठमाडौँमै धेरै विशेषज्ञसहितका कडा रोगको उपचार हुने, सेवा सुविधा र उपचारमा पहुँचको हिसाबले पनि देशभरबाट बिरामी काठमाडाैं आउने भएकाले पनि काठमाडौंमा ठूलो परिणामको औषधि खपत हुने गरेको उनले बताए। आयातीत औषधिमध्ये ८० देखि ९० प्रतिशत भारतीय र बाँकी तेस्रो मुलुकबाट आउने गर्छ।
नेपाल औषधि विभागमा देशभरमा गरी २१ हजार फार्मेसी पसल दर्ता भएका छन् भने पाँच हजार बढी फार्मेसीबिना दर्ता नै सञ्चालन भएको हुनसक्ने नेपाल औषधि व्यवसायी संघका महासचिव विडारीको भनाइ छ।
नेपालमा ९० वटा मानव औषधि उत्पादन गर्ने कम्पनी दर्ता भएका छन्। तीमध्ये हाल ७० वटा कम्पनीले औषधि उत्पादन गरिरहेको महासचिव विडारीको भनाइ छ।
नेपालमा बर्सेनि औषधि आयात बढिरहेको छ भने चिकित्सकको सल्लाहबिना जथाभावी औषधि किनेर प्रयोग गर्ने प्रचलन पनि उत्तिकै छ। विभागबाट औषधि गुणस्तरलगायतका सबै पक्षमा अनुगमन गरिरहेको विभागका महानिर्देशक ढकालले दाबी गरे।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा