तोडियो वार्ता ! सरकार गम्भीर नबनेकाे डा.केसी पक्षकाे अाराेप
काठमाडौं : २६ दिनदेखि अनशनरत डा.गोविन्द केसी पक्षले सरकारसँगको वार्ता तोडिएको घोषणा गरेको छ। डा.केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने छलकपटपूर्ण व्यवहार गरेकाे भन्दै उनीपक्षकाे टाेलीले वार्ता भंग भएकाे घाेषणा गरेकाे हाे।
डा.गोविन्द केसी वार्ता टोलीको संयोजक डा.अभिषेकराज सिंहले बुधबार साँझ विज्ञप्ति जारी गरी आफूहरूले उपलब्ध गराएको सूचीबमोजिमको सुधारसहित विधेयक पारित गर्ने सरकारी प्रतिबद्धता आएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने बताएका छन्।
अनशनको २६औं दिनमा डा.केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष चरम गैर जिम्मेवार र संवेदनहीन हुँदै विधेयक सम्बन्धी दफागत छलफलमा सार्थक रूपमा प्रवेश नगरेको आरोप केसी पक्षले लगाएको छ।
‘अलमलका कारण डा.केसीको स्वास्थ्यमा अपूरणीय क्षति पुग्ने अवस्था आइसकेको छ। यो अवस्थामा थप अलमल गरेर डा.केसीको स्वास्थ्यलाई झनै जोखिममा पार्न हामी तयार छैनौँ’, सिंहद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संवेदनशील समयमा आएर छलकपटपूर्वक सत्याग्रही डा.केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने सरकारको रवैयाको कडा विरोध गर्दर्छौँ।’
वार्ताकाे मुख्य विषय चिकित्सा शिक्षा विधेयक विषयमा प्रवेश नै गर्न नचाहेकाे भन्दै वार्तामा नबस्ने निर्णय गरेको केसी पक्षका वार्ता टोली सदस्य डा.जीवन क्षेत्रीले हेल्थ टिभी अनलाइनलाई जानकारी दिए। ‘चरण–चरणको वार्ता हुँदा पनि सरकारी पक्षले मुख्य विषयमा प्रवेश नै गर्न चाहेन’, क्षेत्रीले भने, ‘डा.केसीको ज्यान जोखिममा पार्ने काम मात्र भयाे। त्यसैले वार्ता लम्ब्याइरहनुकाे अाैचित्य देखिएन।’
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै